१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सौतेनी आमाको सम्पत्तिमा पनि सौतेनी छोराको बराबरी हक : सर्वोच्च अदालत



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २९८
  • काठमाडौं, भदौ ५ - सर्वोच्च अदालतले अंशबन्डा (सम्पत्ति बाँडफाँड) सम्बन्धी ऐतिहासिक व्याख्या गर्दै सौतेनी आमाले जुनसुकै माध्यमबाट आर्जन गरेको सम्पत्तिमा सौतेनी छोराको पनि बराबरी हक लाग्ने फैसला गरेको छ।

    सर्वोच्चको पूर्ण इजलासले शशि पराजुली उप्रेतीविरुद्ध तुलसा बस्नेत पराजुली र उनका छोरा राहुल पराजुलीले दायर गरेको मुद्दामा यस्तो व्याख्या गरेको हो। अदालतले “आमा” शब्दमा सौतेनी आमा र “छोरा” शब्दमा सौतेनी छोरा समेत समेटिने भन्दै बराबरी अंश दिनुपर्ने आदेश दिएको छ।

    यसअघि जिल्ला र उच्च अदालतले पनि राहुल पराजुलीलाई सम्पत्ति बाँडफाँडमा हकदार ठहर्‍याइसकेका थिए। मुद्दा सर्वोच्चसम्म पुगेपछि इजलासले पनि सो व्याख्या सदर गरेको हो।

    नवराज पराजुलीले राहुल आफ्नो जैविक छोरा नभएको दाबी गर्दै डीएनए परीक्षण माग गरेका थिए। तर अदालतले नाता प्रमाणित गर्न डीएनए परीक्षण अनिवार्य हुँदैन भन्दै अन्य प्रमाण पर्याप्त भएको उल्लेख गरेको छ।

    त्यस्तै, अदालतले मानो छुट्टिएर बसिरहेका अंशियारहरूले अरूले लिएको ऋण तिर्नु नपर्ने निर्णय पनि गरेको छ।

    सर्वोच्चको यो व्याख्या अनुसार अब सौतेनी आमाले प्राप्त गरेको सम्पत्ति पनि सौतेनी छोराछोरीले पैतृक सरह अंश पाउने छन्।