१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

गोरखामा बेपत्ता पुरुष मृत फेला, खोजीमा गएका स्थानीयको समेत मृत्यु



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३००
  • गोरखा, भदौ ५ – चुमनुब्री गाउँपालिका–६ सिप्चेतका ४३ वर्षीय रिनजिन लामा मृत फेला परेका छन्।

    गत सोमबार बिजुलीको बिल तिर्न घरबाट निस्केका उनी त्यसपछि सम्पर्कविहीन बनेका थिए। बिहीबार बिहान करिब ९ बजे स्थानीयले गोरेटो बाटोभन्दा करिब १५० मिटर तल बुट्यानमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    शव फेला परेपछि जानकारी दिन जाँदै गरेका हिसे दोर्जे भिरबाट खस्दा ज्यान गुमाएको प्रहरीले जनाएको छ। उनी पनि लामाको खोजीमा संलग्न रहेका थिए।

    डीएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार घटनास्थल सदरमुकामबाट करिब दुई दिनको पैदल दुरीमा पर्छ। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सरोज कार्की नेतृत्वको टोली त्यहाँ पठाइएको छ।