१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३९२
  • काठमाडौँ, भदौ ६ – विद्यालय शिक्षा विधेयक, २०८० प्रतिनिधिसभामा पेस गरिएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले फरक मतसहित पारित गरेको प्रतिवेदन शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको हो।

    समिति सभापति अमरबहादुर थापाले विधेयकसम्बन्धी प्रतिवेदन पेश गर्दै प्रतिपक्षी दलहरूले राखेका आपत्ति पनि सभामा जानकारी गराएका थिए।

    विधेयक पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असहमति जनाएका थिए। उनीहरूको भनाइ अनुसार विधेयकमा शिक्षक–शिक्षिकाको हकहित, विद्यालय व्यवस्थापन र निजी विद्यालयसम्बन्धी प्रावधान पर्याप्त स्पष्ट छैनन्।

    यसअघि बिहीबार समितिमा भएको मतदानमार्फत बहुमतले प्रतिवेदन अनुमोदन भएको थियो। अब प्रतिनिधिसभामा छलफलपछि विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।