१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माओवादी पदाधिकारी बैठक फेरि अनिश्चितकालका लागि स्थगित



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या १६६
  • काठमाडौं, भदौ ८ – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पुनः स्थगित गरिएको छ। आइतबार दिउँसो २ बजे बस्ने भनिएको बैठक अर्को सूचना नआएसम्मका लागि रोकिएको हो।

    सचिव गंगानारायण श्रेष्ठका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यस्त कार्यतालिकाका कारण बैठक स्थगित गर्नुपरेको हो। यसअघि बिहीबारका लागि बोलाइएको बैठक समेत स्थगित भएको थियो।

    लगातार बैठक सारिँदा पार्टीभित्र आन्तरिक छलफल र निर्णय प्रक्रियामा ढिलाइ भएको टिप्पणी गरिँदै आएको छ। नेतृत्व तहका महत्वपूर्ण एजेण्डा अझै अल्झिएको अवस्थामा बैठक कहिले बस्ने भन्ने विषयमा स्पष्टता आउन सकेको छैन।