१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछाने प्रकरण : उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ११८
  • बुटवल, भदौ ११ - सहकारी ठगीसम्बन्धी मुद्दामा संलग्न भएको आरोपमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित फाइलबारे उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।

    बुधबार न्यायाधीश सागर विष्टको इजलासले सो आदेश जारी गरेको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

    लामिछानेले बिगो बुझाएर छुट पाउन माग गर्दै निवेदन दायर गरेका थिए। यसअघि रुपन्देही जिल्ला अदालतमा दायर गरेको निवेदन अस्वीकार भएपछि उनी उच्च अदालत पुगेका हुन्।

    अब अदालतमा कैफियत प्रतिवेदन आएपछि मात्र मुद्दाको अर्को चरण सुनुवाइ हुने बताइएको छ।