३१ जेठ २०८३ आईतबार | 14 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पुतलीसडकमा माइक्रो ठक्कर, दुई बालबालिका घाइते



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १५५
  • काठमाडौं, भदौ १८ - काठमाडौंको पुतलीसडकमा बुधबार बिहान माइक्रोले ठक्कर दिँदा दुई बालबालिका घाइते भएका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिहान करिब पौने १० बजे शंकरदेव क्याम्पस नजिकै बा प्र ०१–००२ च ८३२२ नम्बरको माइक्रोले ५ वर्षीया बालिका र ९ वर्षीय बालकलाई ठक्कर दिएको हो।

    दुर्घटनामा परेकी धनकुटाकी बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने बालकको टाउकोमा गम्भीर चोट लागेकाले उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको छ।

    माइक्रो चालक सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २९ वर्षीय रामहरी बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।