काठमाडौं, भदौ २५ - हाल चलिरहेको जेनजि आन्दोलनलाई जोडेर फैलाइएका केही समाचार भ्रामक भएको भन्दै नेपाल प्रहरीले स्पष्ट पारेको छ । ‘संसद भवनभित्र ३२ जना मृत भेटिए’ भन्ने शीर्षकसहितको प्रचार गलत भएको प्रहरीले जनाएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार, सामाजिक सञ्जालमा अरू देशमा भएका पुराना घटनाका तस्बिर प्रयोग गरी भ्रम फैलाउने प्रयास गरिएको छ । यस्ता भ्रामक सामग्रीले अनावश्यक त्रास र असुरक्षा सिर्जना गर्ने भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
प्रहरीले सबैलाई यस्ता हल्ला र असत्य समाचारलाई नफैलाउन आग्रह गर्दै वर्तमान अवस्थालाई शान्त बनाउन सहयोग पुर्याउन आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस