काठमाडौं, असोज २ – प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी पनि उत्पन्न राजनीतिक समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरेका छन्।
नयाँ बानेश्वरस्थित हालैको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद् भवनको निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले आन्दोलनका घटनाले ठूलो दुःख दिएको बताए। उनका अनुसार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि आक्रमण भएपछि गम्भीर परिस्थिति सिर्जना भएको हो।
घिमिरेले भने, “यदि संसद् भित्रैबाट समस्या समाधान गर्ने वातावरण बनाइएको भए प्रतिनिधिसभा विघटन गर्ने अवस्था आउँदैनथ्यो। अहिले पनि परिस्थिति सामान्य बनाउन सबैको सामूहिक प्रयास जरुरी छ।”
उनले अन्तरिम सरकारले देखिएका समस्याहरूको समाधान गरेर देशलाई स्थिरतामा ल्याउनुपर्ने आवश्यकता औंल्याए। साथै, जनतादेखि सबै क्षेत्रले देशलाई उकास्न योगदान गर्नुपर्ने सभामुख घिमिरेको भनाइ छ।
प्रतिक्रिया दिनुहोस