१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तुइनखोला नजिकको पहिरो पन्छाउन दिनभर लाग्ने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २९०
  • चितवन, असोज ८ – चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला पुल नजिक मंगलबार साँझ ठूलो पहिरो खस्दा सडक आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार दिनभर मेसिन परिचालन गरी पहिरो हटाउने प्रयास भइरहेको छ तर सम्पूर्ण काम पूरा गर्न दिनभर लाग्ने अनुमान गरिएको छ।

    सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। हलुका सवारीसाधन जुटपानी–शक्तिखोर–मायाँटार हुँदै धादिङको मलेखु वा त्रिभुवन राजपथ हुँदै नौबिसे–हेटौँडा निस्कन सक्ने कार्यालयले जानकारी दिएको छ। हेटौँडाबाट भैंसे–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं जान सकिने व्यवस्था मिलाइएको छ।

    ठूला सवारीसाधनका लागि पूर्वतर्फबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा–गिंगन–भट्टेडाँडा हुँदै सातदोबाटो निस्कन सकिने जनाइएको छ। पोखरातर्फ जाने यात्रुहरूले बुटवल हुँदै पुग्न सक्नेछन् भने कालीगण्डकी कोरिडोरमा हलुका गाडी सञ्चालन हुने व्यवस्था छ। साथै गैँडाकोट हुँदै तनहुँको भिमाद र पाल्पाको रामपुर पनि पुग्न सकिने छ।

    दशैंको बेला सडक बन्द हुँदा यात्रुहरूलाई ठूलो समस्या भएको छ। धेरै यात्रुहरू बाटोमै रोकिएका कारण लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।