२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डद्वारा सम्पत्ति छानबिन आयोग गठन र नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ७६
  • काठमाडौं, असोज १० - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पत्ति छानबिन आयोग गठन गरी सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र पारदर्शिता कायम गर्न यो कदम चालिएको बताए ।

    प्रचण्डले पार्टीका सबै तहका पदाधिकारी र नेताहरूले अब नयाँ कार्यशैली अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार संगठनात्मक मात्र नभई व्यक्तिगत जीवनशैली, खानपान, लवाइ–खवाइ र सांस्कृतिक अभ्यासमै पनि रुपान्तरण आवश्यक छ ।

    ‘अब पुरानै ढङ्गले पार्टी चल्दैन, नयाँ सोच र व्यवहारबाट अघि बढ्नुपर्छ,’ उनले भने । साथै, नेताहरूले जनतासँगको सम्बन्ध सहज बनाउन लिखित सुझाव पेस गर्न निर्देशनसमेत दिएका छन् ।

    बैठकले माओवादी केन्द्रको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय पनि गरेको छ । यससँगै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन पार्टीले पहल गर्ने भएको छ ।