२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी आन्दोलन : उपचारपछि २ हजार २ सय २९ घर फर्किए



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ५८
  • काठमाडौँ, असोज १४ - भदौ २३ र २४ गते देशभर चलेको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ३ सय १६ जनाले विभिन्न स्वास्थ्य संस्थाबाट उपचार लिएको तथ्याङ्क सार्वजनिक भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तीमध्ये २ हजार २ सय २९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने हालसम्म ३८ जना अझै १० वटा अस्पतालमा उपचाररत छन्। आन्दोलनमा घाइते भएर उपचारको क्रममा मृत्यु हुनेको संख्या ४९ पुगेको पनि उनले जानकारी दिए।

    जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध गरेको सो आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा झडप, आगजनी र तोडफोड भएका थिए। त्यस क्रममा ७६ जनाले ज्यान गुमाएका थिए।

    सुरुवाती चरणमा मात्रै ८३ वटा अस्पतालले आन्दोलनका घाइतेहरूको उपचार गरेका थिए। तीमध्ये करिब ९ सय ४७ जना घाइतेहरू एम्बुलेन्समार्फत अस्पताल पु¥याइएको मन्त्रालयले जनाएको छ।

    डा. बुढाथोकीका अनुसार सामान्य उपचारमा फर्किएका मात्र नभई गम्भीर घाइतेमध्ये कतिपयको शल्यक्रिया पनि गर्नुपरेको थियो। अहिले पनि स्वास्थ्य संस्थाहरूले आन्दोलनमा घाइते भएकाहरूको निरन्तर उपचार गरिरहेका छन्।