१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त सन्देश शर्मा ललितपुरबाट पक्राउ



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ३१०
  • काठमाडौं, असोज १९ — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भई फरार रहेका सन्देश शर्मा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार उनलाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको हो।

    प्रहरीका अनुसार शर्मा दाङको तुलसीपुर–१६ का स्थायी बासिन्दा हुन्। लामो समयदेखि फरार रहेका उनलाई पछ्याउँदै आएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

    उनीविरुद्ध अदालतले पक्राउ आदेश जारी गरेको थियो। पक्राउपछि शर्मालाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पनि धेरै व्यक्तिहरू पक्राउ परेर कानुनी कारबाही सामना गरिरहेका छन्।