काठमाडौं, असोज २२ - साइबर अपराधसम्बन्धी उजुरीका आधारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले आज बयानका लागि उपस्थित गराएको छ ।
बुधबार बिहान बस्नेत साइबर ब्युरो पुगेका थिए । ब्युरो स्रोतका अनुसार उनको बयान लिने प्रक्रिया जारी छ ।
बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधको उजुरी दर्ता गराएकी थिइन् । तर, प्रारम्भिक अनुसन्धान अघि नबढेपछि सरकारी वकिल कार्यालयले केही दिनअघि प्रहरीलाई थप अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
उक्त निर्देशनअनुसार साइबर ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको हो । अहिले उनलाई सोधपुछ भइरहेको ब्युरो स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस