१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माइतीघरमा प्रदर्शन गर्न खोज्दा डा. निकोलस भुसालसहित तीन जना पक्राउ



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २६५
  • काठमाडौं, असोज २३ - काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरी प्रहरीले डा. निकोलस भुसालसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, पक्राउ परेकामध्ये भुसालसँगै सञ्जिव दाहाल र अर्का एक व्यक्ति पनि रहेका छन्। उनीहरूलाई हाल परिसरमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार, भुसाल नेतृत्वको समूहले माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरिरहेको सूचना पाएपछि टोली खटाइएको थियो। प्रशासनको अनुमति बिना प्रदर्शन गर्न खोजेकाले उनीहरूलाई पक्राउ गरिएको हो।

    माइतीघर क्षेत्रमा पछिल्ला दिनहरूमा सरिश्मा थापाको नेतृत्वमा चलिरहेको धर्नाका कारण त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले थप सम्भावित भिडन्त वा उक्साहट रोक्न सतर्कता अपनाएको बताएको छ।