१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘टीओबी’ टिसर्ट लगाउने युवकको घरबाट नक्कली पेस्तोल बरामद



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ३२९
  • काठमाडौं, असोज २७ - ‘फ्रि तिब्बत’ समर्थक समूहसँग जोडिएको ‘टीओबी’ (Tibetan Original Blood) लेखिएको टिसर्ट लगाएका एक युवकको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको छ। प्रहरीले सो युवकलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

    काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार बौद्धस्थित तेन्जिङ दावा नामक युवकको घरमा छापा मार्दा नक्कली पेस्तोल फेला परेको हो। उनी हाल प्रहरी नियन्त्रणमा रहेका छन्।

    अनुसन्धानका क्रममा पत्ता लागेको विवरण अनुसार तेन्जिङले ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर पेस्तोल कम्मरमा भिरेर मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरी नियन्त्रणमा लिएको हो।

    प्रहरी स्रोतका अनुसार सो पेस्तोल तेन्जिङलाई बिजुली बजार नजिकै अर्का एक युवकले दिएका थिए। अहिले प्रहरीले ती व्यक्तिको समेत खोजी गरिरहेको छ।

    यस घटनापछि काठमाडौं प्रहरीले ‘टीओबी’ नामक समूहसँग सम्बन्धित गतिविधिमाथि निगरानी बढाएको बताइएको छ।