१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन तोलामा ७ हजार १ सयले बढ्यो



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या २४३
  • काठमाडौँ, असोज ३१ - नेपाली बजारमा आज पुनः सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७ हजार १ सय रुपैयाँले बढेर सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको छ।

    बिहीबारसम्म तोलाको मूल्य २ लाख ५० हजार ९०० रुपैयाँ मा कारोबार भइरहेको थियो। लगातारको मूल्यवृद्धिसँगै सुनको दरले नयाँ रेकर्ड नजिकिएको व्यवसायीहरूले बताएका छन्।

    यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबार ३ हजार ३५० रुपैयाँ मा पुगेको महासंघले जनाएको छ।