१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलीको भनाइ : ‘म देश र जनताप्रति निष्ठावान् छु, मनपर्ने–नपर्ने व्यक्तिगत कुरा हो’



  • अञ्जना ढकाल
  • ११ महिना अघि
  • पाठक संख्या ३०२
  • काठमाडौं, कार्तिक २ - नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन्।

    आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले देश र जनताप्रतिको बफादारी आफ्नो जीवन मूल्य र राजनीतिक आस्था भएको स्पष्ट पारे।

    उनले भने, “देश अनिश्चिततामा छ। कसैलाई मन पर्ला, कसैलाई नपर्ला, तर मेरो निष्ठा देश र जनताप्रति नै हो। मेरो मूल्य र मान्यता त्यसैसँग गाँसिएको छ। व्यक्तिगत मनपर्ने–नपर्ने कुरा फरक विषय हुन्।”

    ओलीले आफू सदैव सत्य र न्यायको पक्षमा उभिएको दाबी गर्दै आगामी दिनहरूमा पनि यथार्थ र जनताको हितका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनका अनुसार देशको वर्तमान राजनीतिक अवस्थाले जनतामा निराशा फैलाएको छ, जसलाई समाधान गर्न सबै राजनीतिक दलले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए।