काठमाडौं, कात्तिक ३ – गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश फरार भएको दाबी गरेपछि पूर्वऊर्जामन्त्री दीपक खड्काले त्यसको खण्डन गर्दै जलेको घरबाटै आफू स्वदेशमै रहेको प्रमाण सार्वजनिक गरेका छन्।
जेनजी आन्दोलनका क्रममा आगलागी भएको काठमाडौंस्थित आफ्नै निवासबाट भिडियो सन्देश जारी गर्दै खड्काले भनेका छन्, “म देशमै छु, मेरो घर जलेको छ, तर म भागेको छैन।”
यसअघि गृहमन्त्री अर्यालले नयाँ पत्रिकासँगको अन्तर्वार्तामा “तत्कालीन ऊर्जामन्त्री भागिसकेका छन्” भन्दै खड्का विदेश पलायन भएको दाबी गरेका थिए।
तर, खड्काको सार्वजनिक उपस्थितिले गृहमन्त्रीको दाबीमाथि प्रश्न उठाएको छ। राजनीतिक वृत्तमा अहिले अर्यालको अभिव्यक्तिलाई लिएर आलोचना सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस