काठमाडौं, कार्तिक १२ - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आन्दोलनको तयारी पूरा भएको र आयोगलाई त्यसबारे जानकारी समेत गराइएको बताए।
उनका अनुसार आन्दोलन देशको सार्वभौमिकता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि सञ्चालन गरिनेछ। प्रसाईंले भने, “हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ, तर यदि बन्द उल्लंघन, तोडफोड वा आगजनीजस्ता घटना भए भने त्यसको जिम्मेवारी हामीले लिने छैनौं।”
प्रसाईंले आन्दोलनमार्फत देशमा देखिएका विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध सशक्त सन्देश जाने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस