१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल आर्थिक रूपमा कमजोर छ भन्दै सबै काम रोकिँदैन : मन्त्री गुप्ता



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १०६
  • काठमाडौँ, मंसिर १९ — युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशको आर्थिक अवस्था कमजोर छ भन्ने मात्र भन्दै विकासका काम रोक्न नहुने स्पष्ट बयान दिएका छन्।

    शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित ‘सडक दुर्घटना न्युनिकरण सचेतना’ कार्यक्रममा बोल्दै उनले सीमित स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्न सके धेरै चुनौती समाधान गर्न सकिने बताए।

    मन्त्री गुप्ताका अनुसार ट्राफिक व्यवस्थापन सुधार, ट्राफिक लाइट जडान, सडक सुरक्षाका संरचना वृद्धि तथा प्रहरीका भौतिक साधन विस्तार जस्ता काम तत्काल सबै एकैपटक सम्भव नभए पनि उपलब्ध स्रोतको उचित प्रयोग गरिएमा क्रमशः सुधार अघि बढ्ने छ।

    उनले सडक सुरक्षामा जनताको अनुशासन नै मुख्य कारक हुने उल्लेख गर्दै चालक, सहचालक र ट्राफिक प्रहरीबीच सकारात्मक सोच र व्यवहार आवश्यक रहेकोमा जोड दिए। “सकारात्मक रूपमा काम गर्न सक्यौँ भने हरेक प्रयास सफल बन्नेछ,” मन्त्री गुप्ताले

    भने।