१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेकपाको निर्णयः यसपटक समानुपातिकमा नयाँ अनुहार मात्रै, पुराना सांसदलाई विश्राम



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १४९
  • काठमाडौं, पुस १४ - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यसपटकको निर्वाचनमा समानुपातिकतर्फ पूर्ण रूपमा नयाँ अनुहारहरू अघि सार्ने निर्णय गरेको छ।

    पार्टी नेतृत्व तहमा भएको सहमतिअनुसार यसअघि सांसद वा राष्ट्रिय सभा सदस्य भइसकेका व्यक्तिहरू समानुपातिक सूचीमा समावेश नहुने भएका छन्।

    नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार पार्टीले नयाँ नेतृत्व र नयाँ प्रतिनिधित्वको सन्देश दिन समानुपातिकतर्फ नयाँ अनुहारहरूलाई अवसर दिने निर्णय गरेको हो।

    समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने आज अन्तिम दिन रहेकाले नेकपाका शीर्ष नेताहरू सूची अन्तिम रूप दिन व्यस्त छन्।

    निर्वाचन आयोगले सोमबार अपराह्न ४ बजेसम्म समानुपातिक उम्मेदवारको सूची बुझाउन समयसीमा तोकेको छ।