१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशीमा खस्यो



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १८१
  • काठमाडौं, माघ २७ - काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगातर्फ गइरहेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ। रामेछापको मचानेटार क्षेत्रमा उक्त दुर्घटना भएको हो।

    रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार प्रदेश ३–०१–००५ख ९९७५ नम्बरको बस सडकबाट चिप्लिएर तामाकोशी नदीमा खसेको हो। दुर्घटनामा परेका यात्रुहरूमध्ये ६ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

    रामेछाप प्रहरीका डीएसपी भोला भट्टले बसमा सवार कुल यात्रुको संख्या यकिन हुन नसकेको जानकारी दिए। दुर्घटनाको कारण र थप विवरण संकलन गर्ने काम भइरहेको र उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।