१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजसंस्था समर्थकको भीडमा दुर्गा प्रसाईँ पनि सहभागी



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १७९
  • काठमाडौँ, फागुन १ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेट बाहिर शुक्रबार राजावादी समूहले प्रदर्शन गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि समर्थकहरू भेला भएका हुन्।

    प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि सहभागी भएका थिए। पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँका लागि प्रस्थान गरिसकेको र केहीबेरमै विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ।

    सम्भावित भीड र सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले विमानस्थल क्षेत्र वरिपरि उच्च सतर्कता अपनाएको जनाएको छ। अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीहरू ठूलो संख्यामा परिचालन गरिएको छ।