१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रशासनको अनुमति



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १६८
  • काठमाडौं, फागुन ५ - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

    निर्वाचनसम्बन्धी अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिइएको प्रशासनले जनाएको छ। प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

    प्रसाईंले आगामी २१ फागुनमा कुनै पनि हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए। यसअघि पनि वीरगञ्ज जान लागेका बेला चाल्नाखेलबाट तथा त्यसअघि पोखराबाट समेत उनी पक्राउ परेका थिए। निर्वाचनको मिति घोषणा भएपछि मात्रै उनी तीन पटक पक्राउ परिसकेका छन्।