१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बलात्कारको आरोपपछि ‘पाँच पाण्डव’ फिल्मबाट हटाइयो



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२७
  • काठमाडौं, चैत २० - चलचित्र ‘पाँच पाण्डव’ का कलाकार सागर लम्साल (बले) लाई बलात्कारको आरोपपछि चलचित्रबाट हटाइएको छ। कालीरानी फिल्मस प्रालिले शुक्रबार एक प्रेस विज्ञप्ति मार्फत् यस निर्णयको जानकारी दिएको हो।

    सामाजिक सञ्जालमा अमेरिकामा बस्ने एक युवतीले लम्सालमाथि एक वर्षअघि आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। यस घटनापछि निर्माण टिमले आपतकालीन बैठक राखी नैतिकताको आधारमा उनलाई चलचित्रबाट निष्कासन गर्ने निर्णय गरेको हो।

    निर्माण पक्षले भने, “चैत २ गतेदेखि झापा आसपासमा खिचिएका लम्सालका ९० प्रतिशत दृश्यहरू अब चलचित्रमा समावेश हुँदैनन्। उनी ‘पाँच पाण्डव’सँग अब कुनै सम्बन्ध राख्ने छैनन्।”

    फिल्म निर्माण पक्षले आम दर्शक, चलचित्र क्षेत्र र समाजका प्रबुद्ध वर्गसमक्ष सत्यतथ्य प्रष्ट पार्न यस कदम उठाइएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।