१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

खड्काको रिटमाथि सुनुवाइ : थुनामै राख्ने आदेश जारी



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२८
  • काठमाडौं, वैशाख ३ - नेपाली कांग्रेसका नेता दीपक खड्कालाई हालकै अवस्थामा थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइपछि अदालतले यस्तो निर्णय सुनाएको हो।

    खड्काकी श्रीमती विनिता थापाले दायर गरेको रिटमाथि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइ भएको थियो। इजलासले निवेदकलाई यथास्थितिमा राख्न र कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।

    सुनुवाइका क्रममा खड्काका पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल लगायतले बहस गरेका थिए। सरकारी पक्षबाट नायवमहान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले प्रतिवाद गरेका थिए।

    अदालतले मुद्दाको थप सुनुवाइ वैशाख ३ गतेका लागि तोकेको छ।

    प्रहरीले खड्कालाई चैत १५ गते पक्राउ गरेको थियो। जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी भएपछि जलेको नगद फेला परेको विषयमा अनुसन्धान जारी छ।

    उक्त घटनापछि सामाजिक सञ्जालमा जलेका नोट र नगदका भिडियो तथा तस्बिर सार्वजनिक भएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घटनास्थलबाट संकलित प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको छ।