गोरखा, वैशाख ७ - गोरखामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ ।
आइतबार साँझ परेको चट्याङबाट गम्भीर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीय विनोद थापाको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार थापा घरभित्र मोबाइल प्रयोग गरिरहेका बेला अचानक चट्याङ परेर घाइते भएका थिए ।
घाइते थापालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल गोरखा पुर्याइएको थियो । तर उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस