१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : नवलपरासीका शिक्षकविरुद्ध अख्तियारले मुद्दा दायर



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ११७
  • काठमाडौँ, जेठ ११ - नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षण पेशामा रहेकाले नवलपरासीका कृष्णबहादुर खन्नाहाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

    अख्तियारका अनुसार खन्नाहाले भारतको ‘नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन, कोहिमा’ बाट जारी भएको झुटा प्रवेश पत्र, लब्धाङ्क प्रमाणपत्र र माइग्रेसन सर्टिफिकेट पेश गरेका थिए। यसरी नक्कली योग्यताको आधारमा उनले शिक्षकको ओहोदा, लाभ र सुविधा पाएका थिए।

    स्रोतका अनुसार, खन्नाहाले २०५९ मङ्सिर १ देखि श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा अस्थायी शिक्षकका रूपमा काम सुरु गरेका थिए र २०७५ चैत २९ देखि सोही विद्यालयमा प्राथमिक तहको स्थायी शिक्षकको रुपमा नियुक्त भएका थिए। हाल उनी मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणीमा तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत छन्।

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम खन्नाहाविरुद्ध कैद र जरिवानाको सजाय माग गर्दै अदालतमा आरोपपत्र दायर गरेको छ।