१६ जेठ २०८३ शनिबार | 30 May 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अब नेपालीले विदेशमा पनि लगानी गर्न पाउने



  • अञ्जना ढकाल
  • ११ घण्टा अघि
  • पाठक संख्या ४२
  • काठमाडौं, जेठ १५ - सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्ने बाटो खुला गर्ने घोषणा गरेको छ ।

    आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा पुँजी लगानीसम्बन्धी व्यवस्था खुला गरिने बताएका हुन् । हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न कानुनी रूपमा रोक लगाइएको थियो ।

    सरकारले वैदेशिक लगानीसम्बन्धी नीतिमा सुधार गर्दै निश्चित मापदण्डका आधारमा नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिने तयारी गरेको जनाएको छ । नयाँ व्यवस्थाले व्यवसाय विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली लगानीकर्ताको पहुँच बढ्ने अपेक्षा गरिएको छ ।