१८ असार २०८३ बिहिबार | 02 Jul 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु, २९ भूमिहीन परिवार बने जग्गाधनी



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २६
  • काठमाडौं, असार १८ - सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दिया जिल्लाबाट लालपुर्जा वितरण सुरु गरेको छ।

    बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) हस्तान्तरण गरिएको हो। वर्षौंदेखि आफ्नै नाममा जग्गाको स्वामित्व नपाएका उनीहरू अब कानुनी रूपमा जग्गाधनी बनेका छन्।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन नागरिकको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी अधिकार सुनिश्चित गर्ने उद्देश्यले लालपुर्जा वितरण अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ।

    मन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै बर्दियाबाट सुरु भएको अभियानलाई क्रमशः अन्य जिल्लामा पनि विस्तार गरिने बताइन्। उनले वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउन सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन्।