काठमाडौं, असार २६ - हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गणेश नेपालीको आत्मदाह घटनाले आफूलाई गहिरो रूपमा छोएको बताएका छन् । उनले गणेश नेपालीमा आफूले आफ्नै अवस्था र पीडाको प्रतिबिम्ब देखेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धुर्मुसले लामो समयदेखि पीडा, निराशा र मानसिक दबाबबीच बाँचिरहेको आफूले गणेश नेपालीको घटनासँग सम्बन्ध महसुस गरेको बताएका हुन् ।
उनले राज्य सबै नागरिकको वास्तविक अभिभावक बन्नुपर्ने आवश्यकता औँल्याउँदै देशभित्र सम्मानपूर्वक श्रम गरेर जीवनयापन गर्न सक्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
धुर्मुसले भविष्यमा कुनै पनि नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह जस्तो बाटो रोज्नुपर्ने अवस्था आउन नदिन सबै पक्ष गम्भीर बन्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस