१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बैतडीमा ट्याक्टर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या ७८
  • बैतडी, असार ३२ - बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बिहीबार दिउँसो भएको दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पुरघाटबाट ढोल्यामोडतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ त १६०० नम्बरको ट्याक्टर पुर्चौडी नगरपालिका–१ रोतेशिलामा सडकबाट अनियन्त्रित भई करिब २० देखि २५ मिटर तल खसेको थियो।

    दुर्घटनामा ट्याक्टर चालक कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाका बेला ट्याक्टरमा चालकबाहेक अन्य कोही पनि सवार थिएनन्। घटनापछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ।

    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।