१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नुवाकोटमा भोटेकोशीको वितण्डा, त्रिशूली तटीय क्षेत्रका अधिकांश घर बाढीमा बगे



  • अञ्जना ढकाल
  • १ हप्ता अघि
  • पाठक संख्या ५७
  • नुवाकोट, भदौ १० - भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली आसपासको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण नदी किनारका अधिकांश घर तथा संरचना बगाएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार ढुंगेबजार क्षेत्रमा मात्रै करिब ७५ घर बाढीले बगाएको छ। त्यस्तै, बेत्रावती र देवीघाट क्षेत्रका पनि अधिकांश घर बाढीको चपेटामा परेका छन्।

    बाढीपछि उद्धारका लागि काठमाडौंस्थितबाट हेलिकप्टर पठाइएको छ। नेपाली सेनाको तालिम केन्द्रमा अवतरण गरेका ती हेलिकप्टरमार्फत देवीघाट क्षेत्रबाट केही व्यक्तिको जीवित उद्धार गरिएको प्रहरीले जनाएको छ।

    बाढीले बगाएका घरमा कति मानिस थिए र उनीहरूमध्ये कति जना प्रभावित वा बेपत्ता भएका छन् भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन। घटनास्थलमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।