२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा सडक दुर्घटनामा परी एक नेपाली चेलीको मृत्यु



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या ४५७
  • कुवेत - पछिल्लो समय  सडक मृत्यु हुने नेपालीको सङ्ख्या बढ्दो छ गत  शुक्रबार ९ अगस्टका दिन कुवेतको जाहारामा सडक पार गर्ने क्रममा स्थानीय  नागरिकले चलाएको गाडीको  ठक्कर बाट  दुइ  नेपाली महिला कामदार घाइते भएका थिए घाइते मध्य  काभ्रे तेमाल घर भई कुवेतमा सारा प्लाजा कम्पनीमा कार्यरत २३ वर्षीया अन्जली घिसिङको  न्यू जहारा अस्पतालमा उपचारको क्रममा १२ अगस्टका दिन मृत घोषित भएकी हुन , कोमामा उपचार भइरहेका बेला उनको मृत्युको घोषणा गरिएको हो।

    अन्जली लगभग डेढ बर्षा  पहिले मात्र कुवेत आएकी थिइन्। सोही दुर्घटनामा घाइते भएकी ऋतु साहीको न्यू जहारा अस्पतालमा उपचार भइरहेको छ।

    मृतक घिसिङको शवलाई २४ अगस्टका दिन एअर अरबिया मार्फत नेपाल पठाउने तयारी भइरहेको नेपाली राजदूतावास कुवेतले जानकारी दिएको छ