२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बिहीबार रातिदेखिको बाढीले काठमाडौंमा कुन कुन ठाउमा केके क्षति भयो

काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि शनिबार बेलुकासम्मको अविरल वर्षाले बाढी, पहिरो, र डुबानको कारण ठूलो जनधनको क्षति भएको छ।



Bagmati
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २१४
  • काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि शनिबार बेलुकासम्मको अविरल वर्षाले बाढी, पहिरो, र डुबानको कारण ठूलो जनधनको क्षति भएको छ।

    यस प्राकृतिक विपत्तिले सडक र भवनहरूमा व्यापक क्षति पुर्‍याएको छ भने काठमाडौँमा मात्र २० जनाको ज्यान गएको छ। विभिन्न स्थानमा सडकहरू अवरुद्ध हुँदा आवागमनमा कठिनाइ उत्पन्न भएको छ।

    प्रहरीका अनुसार कीर्तिपुरको चोभार गेट नजिक बीच बाटोमा २५-३० वटा रूख ढल्दा सडक अवरुद्ध भएको छ भने नागार्जुन नगरपालिकामा पहिरोले घरहरू आंशिक रूपमा पुरिएका छन्। नागढुंगा-काठमाडौं र धादिङको सिमाना झ्याप्ले खोलामा पहिरोले गाडीहरू पुरिएका छन्, जहाँ अहिले सम्म १७ वटा शव निकालिएका छन्। 

    फर्पिङ क्षेत्रमा पनि पहिरोका कारण विभिन्न स्थानमा सवारी साधन अवरुद्ध छन् । त्यसका साथै बल्खुबाट फर्पिङ जाने र फर्पिङबाट हेटौंडा निस्किने बाटो खुलाउने प्रयास भइरहेको छ। त्यस्तै चन्द्रागिरी नगरपालिकामा पहिरोले केही घरहरूमा क्षति पुगेको छ भने चन्द्रागिरी-चितलाङ-कुलेखानी हुँदै हेटौंडा जाने सडक खण्ड अवरुद्ध छ। स्थानीय निकाय र सडक विभागको समन्वयमा पहिरो हटाउने कार्य जारी छ।

    यो विपत्तिले काठमाडौँ लगायत उपत्यकाका विभिन्न स्थानमा जनजीवन प्रभावित पारेको छ, र उद्धार तथा राहतका प्रयासहरू तीव्र रूपमा भइरहेको जानकारी दिइएको छ।