
धादिङ जिल्लाको धुनिवेशी नगरपालिका-९ मा पर्ने झ्याप्ले खोलामा पहिरो पन्छाइएपछि पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालन पुनः सुरु भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार, पहिरो हटाएपछि सवारी साधनको आवागमन सामान्य बनेको हो।
पहिरो हटाउनका लागि झ्याप्ले खोलादेखि नागढुंगासम्म मोटरसाइकल सञ्चालनलाई मध्यान्ह ११ बजेदेखि १ बजेसम्म रोक लगाइएको थियो। यस पहिरोको कारण ३ वटा गाडी पुरिएका थिए, जसमा २५ जना पुरुष, ९ जना महिला, र १ बालिकासहित ३५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
प्रतिक्रिया दिनुहोस