१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दशैं अगाडि वीपी राजमार्ग खोल्न नसकिने

भौतिक पूर्वाधार मन्त्रालयले आगामी दशैं अगाडि वीपी राजमार्ग खोल्न नसकिने जानकारी दिएको छ।



BP Highway
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १५६
  • भौतिक पूर्वाधार मन्त्रालयले आगामी दशैं अगाडि वीपी राजमार्ग खोल्न नसकिने जानकारी दिएको छ।

    बुधबार नेपाली सेनाको हेलिकप्टरबाट गरिएको निरीक्षणपछि, बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव केशवकुमार शर्माले यस्तो बताउनुभएको हो। वीपी राजमार्गको चौकीडाँडा–कालढुंगा खण्डमा १२ किलोमिटर सडक रोशी खोलाको बाढीले बगाएको छ, जसले गर्दा राजमार्ग तत्काल सञ्चालनमा ल्याउन कठिन भएको छ।

    सचिव शर्माका अनुसार अस्थायी रूपमा केही ट्र्याक खोल्न सकिने भए पनि पुल निर्माणको आवश्यकता परेकाले दशैं अगाडि सञ्चालन गर्न सम्भव नहुने निष्कर्षमा पुगेका छन्। विकल्पका रूपमा मध्यपहाडी राजमार्ग र अन्य वैकल्पिक मार्ग प्रयोग गर्ने प्रयास भइरहेको छ। 

    वीपी राजमार्गमा यात्रा गर्न असमर्थ भएकालाई सिन्धुली, मन्थली, दोलालघाट, तथा कान्ति राजपथ लगायतका वैकल्पिक मार्ग सिफारिस गरिएको छ।