
उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर हिँडिरहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।
यो घटना साढे छ बजे तिरको हो जहाँ उनले आफ्नै पत्नी को हत्या गरेर टाउको काटी बाटोमा बोकेर हिड्दै गरेका थिय । पक्राउ पर्ने व्यक्ति ३६ वर्षीय जङ्गबहादुर घिसिङ हुन्। उनले पत्नी सँग विवाद भएपछि २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन्।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूका दुई छोरा छन् । उनीहरूको सम्बन्ध दुई वर्षदेखि नै राम्रो थिएन। हत्या गरेपछि खुकुरीले टाउको काटेर हिँडेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रतिक्रिया दिनुहोस