२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

खेतमा १८ वर्षीय अन्सारीको शव फेला

लहान ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकैको खेतमा १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव फेला परेको छ।



Dead
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३२५
  • सिराहा जिल्लाको लहान ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकैको खेतमा १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव फेला परेको छ।

    बिहीबार बिहान धान खेतमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो। लहान प्रहरीले घटनास्थलमा शव रहेको र घटनाको मुचुल्का उठाउने कार्य भइरहेको जानकारी दिएको छ। 

    हालसम्म घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको र किशोर कसरी त्यहाँ पुगे र उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।