१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओलिको आगामी चीन भ्रमणबारे छलफल गर्न बैठक बस्दै

केपी शर्मा ओलीको आगामी चीन भ्रमणको एजेन्डाबारे छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले बैठक बोलाएको छ।



KP Oli
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १४२
  • प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणको एजेन्डाबारे छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले बैठक बोलाएको छ। सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान ११ बजे बस्ने उक्त बैठकमा भ्रमणको तयारी र छलफल गरिनेछ।

    समितिले प्रधानमन्त्री ओलीलाई बैठकमा उपस्थित गराउन प्रयास भइरहेको बताएको छ भने परराष्ट्रमन्त्री आरजु राणालाई पनि बैठकमा बोलाइएको छ। प्रधानमन्त्री ओली आगामी मंसिर १७ गतेदेखि पाँचदिने औपचारिक भ्रमणका लागि चीन जान लागेका छन्, जसमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

    बीआरआईलाई लिएर यसअघि पनि समितिमा विभिन्न मत आएका थिए। नेपाली कांग्रेसका सांसदहरूले बीआरआई अन्तर्गत नेपालले ऋण लिन नहुने र अनुदान मात्र लिने नीति लिन सरकारलाई सुझाव दिएका छन्। त्यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहा होस् भन्ने मागमा कांग्रेस र एमाले दुवैको मत रहेको छ। यस बैठकले चीन भ्रमणसँग सम्बन्धित विषयहरूमा सरकारको नीति स्पष्ट पार्न र आवश्यक सुझाव दिन भूमिका खेल्ने समितिको विश्वास छ।