१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कीर्तिपुरमा माओवादी केन्द्रको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने

बिहीबार दिउँसो ३ बजे कीर्तिपुरको नगाउँ दोबाटोमा आयोजना हुने चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।



Pushpa Kamal Dahal
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या ३१४
  • नेकपा माओवादी केन्द्रले कीर्तिपुरमा आयोजना गरेको चुनावी सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गर्ने भएका छन्।

    प्रचण्डको सचिवालयले जनाएको अनुसार, बिहीबार दिउँसो ३ बजे कीर्तिपुरको नगाउँ दोबाटोमा आयोजना हुने चुनावी सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

    कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रले प्राडा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ, जसलाई एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ। मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज प्रचार प्रसारको अन्तिम दिन रहेको छ।