१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सांसद आनन्दप्रसाद ढुंगानाको रिट सर्वोच्च अदालतमा हेर्न नमिल्ने

आनन्दप्रसाद ढुंगानाले अदालतको अवहेलना गरेको आरोपमा दायर गरेको रिट सर्वोच्च अदालतको इजलासमा हेर्न नमिल्नेमा परेको छ।



Anand Prasad Dhungana
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १३८
  • राष्ट्रिय सभा सदस्य एवं संसदीय सुनुवाइ समितिका सदस्य आनन्दप्रसाद ढुंगानाले अदालतको अवहेलना गरेको आरोपमा दायर गरेको रिट सर्वोच्च अदालतको इजलासमा हेर्न नमिल्नेमा परेको छ।

    बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासमा परेको रिट हेर्न नमिल्नेमा राखिएको हो। यसअघि, मंसिर ४ गते अधिवक्ता त्रिलोकबहादुर चन्दले सांसद ढुंगानाले अदालतको अवहेलना गरेको भन्दै रिट दायर गरेका थिए। रिट मंसिर ६, ११, र १७ का दिनका इजलासहरूमा हेर्न नमिल्नेमा राखिएको थियो।

    सांसद ढुंगानाले कात्तिक २३ गते संसदीय सुनुवाइ समितिको बैठकमा न्यायाधीश सपना मल्ल प्रधानलाई लक्षित गर्दै टिप्पणी गरेका थिए। उक्त टिप्पणीपछि अवहेलनाको रिट दायर गरिएको हो।

    न्यायाधीशहरू नृपध्वज निरौल र नित्यानन्द पाण्डेबीच सुनुवाइ भइरहेका बेला न्यायाधीश मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले गण्डकी प्रदेशको सरकार गठनमा ३० जना सांसदको समर्थनलाई पर्याप्त मान्ने आदेश दिएको थियो। ढुंगानाले उक्त आदेशबारे टिप्पणी गर्दै न्यायपालिकामा निष्पक्षता नपाइने विचार व्यक्त गरेका थिए।

    यसअघि २०७३ साउन १३ गतेको सुनुवाइ समितिको बैठकमा पनि सांसद ढुंगानाले न्यायाधीश मल्ललाई लक्षित गर्दै उक्त निर्णयको निष्पक्षतामा प्रश्न उठाएका थिए।