१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिंहदरबार शैलीले विश्वविद्यालय चल्दैन: उपकुलपति बराल

बरालले नियुक्ति कार्यकारी परिषद्को निर्णयबाट हुने भन्दै आफूले एक्लै विश्वविद्यालय चलाउन नसक्ने बताए।



Keshar Jung Baral
  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या १००
  • काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफूले एकल निर्णय नगरेको स्पष्ट पारेका छन्।

    एमाले महासचिव शंकर पोखरेलले बरालले आफ्ना निकटकालाई नियुक्ति गर्न छनोट समिति र मापदण्ड बनाएको आरोप लगाएपछि उपकुलपति बरालले सबैलाई समेटेर मापदण्ड बनाएको दाबी गरे।

    बरालले नियुक्ति कार्यकारी परिषद्को निर्णयबाट हुने भन्दै आफूले एक्लै विश्वविद्यालय चलाउन नसक्ने बताए। नियुक्तिमा सहमति नभएकाले ढिलाइ भइरहेको उनले स्वीकार गरे।

    यस विषयमा राजनीतिक हस्तक्षेपको आरोप पनि लगाइएको छ। एमालेका महासचिव पोखरेलले त्रिविमा मेरिटोक्रेसीको नाममा निश्चित समूहलाई निषेध गरिएको आरोप लगाएका छन् भने माओवादी अध्यक्ष प्रचण्डले सरकारले त्रिविका पदाधिकारीमाथि आक्रमण गरेको टिप्पणी गरेका छन्।