८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेले लिएको जग्गा दानविरुद्धको रिट पुनः स्थगित

नेकपा (एमाले) ले मीनबहादुर गुरूङबाट चन्दास्वरूप लिएको जग्गा दानविरुद्धको रिट स्थगित भएको छ।



High Court
  • Sangeeta Gurung
  • २ हप्ता अघि
  • पाठक संख्या ४५
  • काठमाडौं – नेकपा (एमाले) ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङबाट चन्दास्वरूप लिएको जग्गा दान विरुद्धको रिट स्थगित भएको छ।

    मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा उक्त रिटको सुनुवाइ स्थगित भएको हो। विपक्षीका कानुन व्यवसायीको तर्फबाट रिट स्थगित गर्न आग्रह गरिएकाले सुनुवाइ रोकिएको जनाइएको छ।

    यसअघि पनि यो मुद्दा सात पटक "हेर्न नभ्याइने" सूचीमा परेको र दुई पटक "हेर्न नमिल्ने" सूचीमा राखिएको थियो। कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यस विषयमा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जग्गाको हक हस्तान्तरण लगायतका काम नगर्न आदेश दिएको थियो।

    भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका गुरूङबाट एमालेले चन्दास्वरूप दान लिएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले यो रिट दायर गरेका थिए। रिटमा उनले गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाउँदै कानुनको मर्म र नैतिकता विपरीत रहेको दाबी गरेका छन्।

    गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए। भवन निर्माणका लागि भाटभटेनीका सञ्चालक गुरूङ दम्पतीले १० रोपनी १४ आना जग्गा दान गरेका थिए।

    अधिवक्ता बस्नेतले राजनीतिक दलले लिने चन्दा र दानलाई पारदर्शी बनाउन परमादेश दिन समेत रिटमा माग गरेका छन्।

    यो मुद्दामा अदालतको थप सुनुवाइका लागि दुवै पक्षलाई छलफलमा बोलाइएको छ।