८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नेपाल-चीन सहकार्यमा बीआरआई योजनाहरूको कार्यान्वयनमा छलफल जारी

नेपालले चीनसँगको बीआरआई फ्रेमवर्कमा रहेका विभिन्न परियोजनाहरूको कार्यान्वयन प्रक्रियामा अगाडि बढ्ने संकेत दिएको छ।



  • Sangeeta Gurung
  • २ हप्ता अघि
  • पाठक संख्या ५२
  • काठमाडौं, २६ मंसिर – नेपालले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिव (बीआरआई) फ्रेमवर्कमा रहेका विभिन्न परियोजनाहरूको कार्यान्वयन प्रक्रियामा अगाडि बढ्ने संकेत दिएको छ।

    सरकारका प्रवक्ता प्रदीपकुमार भट्टराईले भने, "बीआरआई चीनले नेपालको विकासमा गरिरहेको सहयोग र सद्भावको निरन्तरता हो।"

    उनले नेपालले तत्कालका लागि केही परियोजनाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढाएको उल्लेख गर्दै, "दुवै देश सहमत भएका छन् र अब थप छलफल र आवश्यकता अनुसार प्रक्रिया अघि बढ्नेछ," भन्नुभयो।

    बीआरआई फ्रेमवर्कमा समावेश भएका प्रमुख योजनाहरूमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमीकोट सडक आयोजना, किमाथांका–खाँदबारी सडक, किमाथांका पुल र एकीकृत जाँच चौकी आयोजना, चीन–नेपाल सीमापार रेलमार्ग परियोजनाको नेपाली खण्ड, अमरगढी सिटी हल, जिलोङ (केरुङ)–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर विद्युत् प्रसारण लाइन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, काठमाडौँ वैज्ञानिक केन्द्र र विज्ञान सङ्ग्रहालय, चीन–नेपाल मैत्री औद्योगिक पार्क, र झापा खेलकुद तथा एथलेटिक्स कम्प्लेक्स जस्ता योजनाहरू छन्।

    यी परियोजनाहरूलाई दुई देशको सहकार्य र आवश्यकताका आधारमा कार्यान्वयन गर्ने तयारी भइरहेको छ।