१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंमा आज बिहान केही स्थानमा बिजुली कटौती

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको थानकोट फिडरअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज बिहान देखि मध्याह्नसम्म बिजुली कटौती गर्ने भएको छ।



  • Sangeeta Gurung
  • २ बर्ष अघि
  • पाठक संख्या २१३
  • काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको थानकोट फिडरअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज बिहान १०:३० देखि मध्याह्न १२:०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ।

    प्राधिकरणका अनुसार बलम्बु सबस्टेशनअन्तर्गत नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि विद्युत् आपूर्ति रोकिनेछ।

    प्राधिकरणले प्रभावित क्षेत्रका ग्राहकहरूमा असुविधा भएकोमा क्षमा माग्दै निर्धारित समयअगावै काम सम्पन्न भएमा बिजुली छिटो सञ्चालन गरिने जनाएको छ।