२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनकपुरको दुर्गा मन्दिर परिसरमा शव फेला

मुरलीचोकस्थित दुर्गा मन्दिर परिसरमा शुक्रबार बिहान एक पुरुषको शव फेला परेको छ।



Durga mandir
  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १४१
  • जनकपुरधाम- धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, मुरलीचोकस्थित दुर्गा मन्दिर परिसरमा शुक्रबार बिहान एक पुरुषको शव फेला परेको छ।

    प्रहरीका अनुसार मृतक अन्दाजी ६० वर्षीय पुरुष हुन् भने हालसम्म उनको पहिचान खुल्न सकेको छैन।

    धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बिहान साढे ६ बजेतिर प्रहरीलाई शवबारे जानकारी आएको बताए। घटनास्थलको प्रारम्भिक अध्ययनबाट कसैसँग विवादपछि ईंटा प्रहार गरी हत्या गरिएको आशंका गरिएको छ।

    घटनास्थलमा रक्सीका बोतल फेला परेका छन्, जसले घटना हिजो साँझ वा रातिको समयमा भएको हुन सक्ने प्रहरीको अनुमान छ। हाल घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।