१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको सांसद पद निलम्बनमा

कास्की जिल्ला न्यायाधीवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेको पद स्वतः निलम्बन हुने जानकारी दिएको छ।



Rabi Lamichhane
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ४६४
  • कास्की, पुस ७ - कास्की जिल्ला न्यायाधीवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेको पद स्वतः निलम्बन हुने जानकारी दिएको छ।

    सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ अनुसार लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको हो।

    जिल्ला न्यायाधीवक्ता कमला काफ्लेका अनुसार, ऐनले थुनामा रहेका राष्ट्र सेवक, कर्मचारी वा संस्थाका पदाधिकारीमाथि दफा २२ अनुसार मुद्दा दायर भएको अवस्थामा मुद्दाको किनारा नलाग्दासम्म सम्बन्धित व्यक्तिको पद स्वतः निलम्बन हुने व्यवस्था गरेको छ।

    सम्पत्ति शुद्धीकरण ऐनअनुसार, लामिछानेमाथि दायर मुद्दा किनारा नलाग्दासम्म सांसद पदको जिम्मेवारी निर्वाह गर्न नपाउने प्रष्ट रहेको छ।