
काठमाडौं, पुस १८ – नेपाली बजारमा आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ५१ हजार ५०० रुपैयाँ पुगेको छ। बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ थियो।
त्यस्तै, आज हिजो स्थिर रहेको चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले वृद्धि भई १ हजार ७९० रुपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस