१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकामा विमान र हेलिकोप्टर ठोक्किँदा १८ जनाको मृत्यु

अमेरिकामा आकाशमा उडिरहेका एक व्यावसायिक विमान र सेनाको हेलिकोप्टर आपसमा ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।



  • एजेन्सीको सहयोगमा
  • २ बर्ष अघि
  • पाठक संख्या २२७
  • वासिङ्टन, माघ १७ – अमेरिकाको वासिङ्टन डीसी नजिकै आकाशमा उडिरहेका एक व्यावसायिक विमान र सेनाको हेलिकोप्टर आपसमा ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।

    घटनास्थलमा परिचालित उद्धार टोलीले हालसम्म १८ शव फेला पारेको छ। दुर्घटना अमेरिकाको रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथि भएको बताइएको छ।

    अमेरिकन एयरलाइन्सको उक्त विमानमा ६० यात्रु र चालक दलका चार सदस्य सवार थिए, भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ। हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आकाशमै ठोक्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    विमानको भग्नावशेष पोटोम्याक नदीमा भेटिएको छ भने हेलिकोप्टरको टुक्रा पनि नदी नजिकै फेला परेको छ। उद्धार कार्य जारी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।